२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

काठमाडौँ विष्णुमती खोलामा हाम फालेका एक पुरुषको उद्धार

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९

(ABC-Sanchar)
काठमाडौं । आइतबार राति साढे सात बजे एक पुरुषले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजु चोक नजिक पुलबाट विष्णुमती खोलामा हाम फालेका थिए।

ती पुरुषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार ती पुरुषको उद्धार गरी वीर अस्पताल लगिएको छ। उनको शरीरमा बाहिरी चोट नदेखिएको तर बोल्न नसक्ने अवस्थामा रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।

अन्दाजी ४०-४५ वर्षीय ती पुरुषको पहिचान पनि खुलेको छैन।

उनले खोलामा किन हाम फालेका थिए भन्न पनि नखुलेको मैनालीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

error: Content is protected !!