२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बन्दको रिपोर्टिङमा गएका पत्रकारसहित ४ जना दाङको तुलसीपुरबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र ०७, २०७९


(केभी निस्चल)
दाङ । तुल्सीपुर नेपाल बन्दको रिपोर्टिङमा खटिएका जनपत्रकार संगठन दाङ जिल्लाका अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जनालाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ ।
शान्तिपूर्ण ढंगले बन्दलाई सफल बनाउन सडकमा गएका नेकपाको सहायक संगठन युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,मजदुरका सिसिएम संजय र बन्दको समाचार संकलनका लागि खटिएका जनपत्रकार संगठनका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीलाई तुलसीपुरबाट प्रहरीले गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै अखिल (क्रान्तिकारी)का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जनालाई घोराहीको सर्राबाट प्रहरीले गिरफ्तार गरेको नेकपा दाङ जनाएको छ ।

शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका विद्यार्थी तथा नेताहरूलाई प्रहरीले बिना कारण गिरफ्तार गर्नु निन्दनीय कार्य भएको र घोराही- तुलसीपुरबाट गिरफ्तार गरिएका सबै जनालाई नि:सर्त यथासिघ्र रिहाई गर्नुपर्ने नेकपा दाङले बताएको छ ।

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीकाविरुद्ध देशैभर आज बन्दको आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले गत साउन २७ गते नै संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]