२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

बाँके जिल्ला प्रशासनमा मिटरब्याजीहरु विरुद्ध १५ जनाको उजुरी दर्ता

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

 

ABC (क्राईमबिट)

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् ।

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए ।

‘उजुरी आएपछि केही उजुरीका विषयमा बोलाएर छलफलसमेत गरेर पीडितलाई राहत भएको छ’, उनले भने । प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिकालगायतका छन् ।

मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० लाखदेखि २० लाखसम्मको कागज गरेको उजुरीमा उल्लेख गरेको बताइएको छ । अधिकृत सोनकरले अहिले पनि फाटफुट मिटरब्याजीविरुद्ध उजुरी आइरहेको जानकारी दिँदै लिइएको उजुरी गृह मन्त्रालयलाई पत्राचार गरेको बताए । कतिपय मिटरब्याजीविरुद्ध अदालतमा समेत मुद्दा चलेको बताइएको छ ।

मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले कमजोर रहेकामाथि शोषण गरेकाले कयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!