काठमाडौं । उनीहरूले मलाई तोड्ने धेरै कोसिस गरे तर अब म सधैं चम्किन्छु केही दिन अगाडि आफ्नो पतिलाई १८ लाख रुपैयाँ दिएर डिभोर्स गरेकी अमेरिका निवासी नेपाली चेली रश्मी पनेरु डिभोर्स पछि अति नै खुसी देखिएकी छिन्। रश्मी भन्छिन् “उनीहरूले मलाई धेरै तोड्ने कोसिस गरे तर अब म दिनदिनै चम्किन्छु ।” केही दिन अगाडि मात्र रश्मीले पतिले अति नै तनाव दिएपछि आफ्नो चार वर्षे वैवाहिक जिन्दगीलाई समाप्त गर्दै डिभोर्स दिएकी थिइन्। हाल रश्मी एक्लै अमेरिकामा छिन् र उच्च शिक्षा हासिल गरिरहेकी छिन्।