२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

साइबर अपराधको मुद्दा प्रदेश तहमा गर्न आईजिपी धिरज प्रताप सिंहको माग

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडौँ जिल्ला अदालतमा सीमित रहेको र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् ।

साइबर अपराधबाट पीडितका मुद्दा काठमाडौँ अदालतमा सीमित हुँदा पीडितलाई झन् बढी सास्ती भएको उनले बताए ।

नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी उद्घाटन कार्यक्रममा आइजिपी सिंहले साइबर अपराधका मुद्दा हरेक प्रदेशका कम्तीमा एक–एक जिल्लामा छुट्टै इजलास तोक्ने गरी पहल गर्न सरकारसँग आग्रह गरे ।

काठमाडौँमा यस्ता मुद्दा सीमित गर्दा पीडितलाई समय र खर्च पनि बढी लाग्ने गरेको उनले बताए । निशा श्रेष्ठबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!