२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व हो गृहमन्त्री : खाण

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्‌घाटन गर्दै गृहमन्त्री खाणले उक्त कुरा बताएका हुन् ।

गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन गरी बिधिवत रूपमा समीक्षा गोष्ठीको उद्‌घाटन गर्दै बद्लिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रिय भइरहेको चर्चा गरे । जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले उक्त दायित्व पुरा गर्न सुरक्षा निकायलाई अझै सवल तथ सुदृढ गर्नुका साथै स्रोत साधन एवम् क्षमता अभिवृद्धि गर्न नेपाल सरकार सदैव तयार रहेको उल्लेख गरे ।

अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अपराधीलाई कानूनी दायरामा ल्याउन देखिएका जटिलतालाई छिटो छरितो र निष्पक्ष रूपमा सम्बोधन गर्न समीक्षा गोष्ठीमा हुने छलफल महत्वपूर्ण रहने बताउँदै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाको कार्य गर्न तथा जनतामा नयाँ उत्साह भर्न र अपराधमा संलग्न व्यक्तिहरूलाई अपराधिक क्रियाकलापबाट पछि हट्ने अवस्था सिर्जना गर्न समेत गोष्ठीले महत्वपूर्ण निचोड एवम् निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । साथै उनले कोभिड-१९ को महामारी नियन्त्रणको साथै प्रकृतिक विपद्को समयमा पीडितहरूको उद्दार लगायतका गतिविधिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिई निभाएको भूमिकाको प्रशंसा समेत गरे ।

कार्यक्रममा महान्यायाधिवक्ता खम्म बहादुर खातीले अपराध अनुसन्धान, अभियोजन एवम् न्याय निरूपणको साथै पीडितलाई न्याय दिलाउने सन्दर्भमा यस गोष्ठीमा हुने छलफल, विश्लेषण महत्वपूर्ण हुने चर्चा गर्दै गोष्ठीको प्रतिवेदनलाई कार्यान्वयन गर्न महान्यायाधिवक्ताको कार्यालय तत्पर रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!