२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

जिल्ला प्रशासन कार्यालय दाङमा मिटर व्याज ऋण लिने ४७ जना पिडितको उजुरी

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

ABC (क्राईमबिट)
दाङ । सरकारले मिटर व्याज पिडितलाई निवेदन दिन सार्वजनिक सुचना निकालेपछि दाङमा उजुरी दर्ता गर्नेको संख्या बढ्दै गएको छ ।

जिल्लामा करिब दुई साताको अवधिमा ४७ जना मिटर व्याज पिडितले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

उजुरीमा उनिहरुले मासिक १३ देखि २० प्रतिशतसम्म व्याज बुझाउने गरेको देखिएको छ । उनिहरुले मोटो व्याजदरमा ऋण ९२ लाखसम्म साँवा लिने गरेको देखिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

मोटो व्याजमा ऋण लिने र समयमै बुझाउन नसकेपछि घरबास जाने अवस्था आएपछि पिडितलाई उजुरी दिन सरकारले गत साउन २८ गते सार्वजनिक सुचना जारी गरेको हो ।

प्रशासनका अनुसार जिल्लामा ४७ जना ऋणीले ६ करोड ७ लाखसम्म महंगो व्याज बुझाएको देखिएको छ । मिटर व्याज पिडितमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका रहेका छन् ।

घोराहीका ३४ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । यस्तै राप्ती गाउँपालिका ६, तुलसीपुर र गढवाका ३÷३ र राजपुरका १ जनाले उजुरी दर्ता गराएका छन् ।

मिटर व्याजमा ऋण लिनेमा सबैभन्दा बढी महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनका अनुसार मोटो व्याजमा ऋण लिनेमा महिला ९५ प्रतिशत रहेका छन् । तर पिडितले प्रमाण जुटाउन समस्या रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!