२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

सामुदायिक प्रहरी सेवा केन्द्र दाङले सेवा दाङका एसपी सुरेश काफ्लेको बिदाई

Logo
प्रकाशित बिहिबार, भाद्र ०९, २०७९

ABC (क्राईमबिट)
दाङ । सरुवा भएर जान लागेका प्रहरी उपरिक्षक सुरेश काफ्लेलाई सामुदायिक प्रहरी सेवा केन्द्र दाङले बिदाई गरेको छ । १४ महिना भन्दा बढि जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख भएर जिम्मेवारी पुरा गरेका काफ्लेलाई केन्द्रले बिहीवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।

केन्द्रका अध्यक्ष आर.के. शीतलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक काफ्लेले सामुदकयिक प्रहरीले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा समाजमा अपराध नियन्त्रणका लागी र समाज रुपान्तरणका लागी खेलेको भूमीका प्रशंसा योग्य भएको बताए । उनले जिल्लामा एक वर्षभन्दा धेरै अवधी रहदा दंगालीहरुलाई सुरक्षा प्रदान गर्न लागी परेको बताउदै यस अवधीमा भएका अपराधिक घटनाका दोषीहरु सबै पक्राउ परेको बताए ।

उनले अपराध नियन्त्रणकालागी र अपराध भईसकेपछि अपराधीहरुलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन पनि व्यक्त गरे । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका निवर्तमान अध्यक्ष विष्णु पुन, सल्लाहकार भुपेन्द्र सुवेदी, खड्ग बुढाथोकी, दिपक शर्मा ‘समीर’ लगायतले एसपी काफ्लेले दाङमा रहदा गरेको कार्यको प्रशंसा गर्दै आगामी यात्राको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सचिव के.वि घर्तिले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!