२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

स्थानीय सरकारले घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु

Logo
प्रकाशित शुक्रबार, भाद्र १०, २०७९


(ABC-Sanchar)
जाजरकोट । यहाँका दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् ।

बर्सातको समयमा गाउँबाट प्रशासनिक केन्द्रमा आउन घण्टौँ लाग्ने र सुरक्षाबापतको भत्ता बाटामै सकिने भएकाले गाउँमै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाडका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

उनले भने, ‘नगरपालिकाभित्रका ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ, नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौँ लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौँ ।’

बर्खाको समयमा सबै ठाउँमा गाडी नपुग्ने तथा नागरिकले धेरै सास्ती व्यहोर्नुपर्ने भएकाले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भइरहेको गिरीले बताए । ‘बैंकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयुक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस देखिएको छ, प्रभावकारी छैन, त्यसैले नजिकैको स्थानबाट भत्ता वितरण गरिएको हो’, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।

सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खातामार्फत पाउने व्यवस्था गरिएको छ तर ज्येष्ठ तथा शारीरिकरूपमा अशक्तको अप्ठ्यारालाई मध्यनजर गर्दै गाउँमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको नलगाडका नगर प्रमुख डम्बर रावतले बताए ।

यस्तै जिल्लाको बारेकोटले पनि गाउँगाउँमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । ‘नागरिकको सहजतालाई मध्यनजर गर्दै गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौँ’, उनले भने ।

वर्षायाममा बाटो सडक सबै भत्किएका कारण बैंक जान र आउनसमेत समस्या भए पनि स्थानीय तहले यस्तो व्यवस्था गरेका छन् । अन्य पालिकाले भने बैंकमा आएर भत्ता बुझन भनेर जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!