२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द रिजाल अबैध गाजाको बोट फडानी अभियानमा

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

ABC (क्राईमबिट)

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छ्न ।

पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेको सरोकारवालाले प्रतिक्रिया दिएपछि डिएसपी रिजाल आफै ब्यापक रुपमा सक्रियभइ निरन्तर ग्रामिण क्षेत्रमा गस्ती गरि गाउँमा अबैध रुपमा खेती नै गरेको अवस्थामा भेटिएका गाजाकाबोटहरु फडानी गरि ट्याक्टरमा राखेर प्रहरी कार्यलयको परिसरमा ल्याइ जनप्रतिनिधि ,पत्रकारको उपस्थिमा नष्ट गरिएको छ ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने डिएसपी रिजालाले बताए ।

विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने छ ।

डिएसपी रिजालकोे नेतृत्वमा खटिएको प्रहरीटोलीले सन्धिखर्कका खाँचीकोट , डिभर्ना , अर्घाबिहार , खिदिम , धारापानी लगायतका ठाउँमा आफै उम्रिएका र लुकिछिपी अबैध रुपमा गाजाँ खेती नै गरेका ७ हजार गाजाकाबोट फडानी गरि नष्ट गरिएको हो ।

पछिल्लो समय जिल्लाका बिभिन्न ठाउँमा रहेका इलाका प्रहरी कार्यालय , प्रहरी चौकीहरुलाई दैनिक गस्ती गरि गाउँ गाउँ गाजा फडानी अभियान तिब्र बनाउन डिएसपी रिजालले निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!