२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

झापा प्रहरीले स्रोत नखुलेको भन्दै जग्गा बैनाको पैसा लग्यो पीडितहरुको रुवाबासी

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९


ABC (क्राईमबिट)
झापा । प्रहरीले स्रोत नखुलेको भन्दै शुक्रबार बिहान १३ लाख ६० हजार झापा गाउँपालिका वडा नं १ बाट बरामद गरेको थियो । स्रोत नखुलेको भनिए पनि प्रहरीले घरभित्र छिरेर बरामद गरेको रकम जग्गा बिक्रीका लागि थापिएको बैनाको रकम भएको परिवारले दाबी गरेको छ । सीमानजिकै झापा गाउँपालिकाको लसुना घर भएका तेजबहादुर गणेशको घरबाट शुक्रबार बिहान ११ः४५ बजेतिर १३ लाख ६० हजार रुपैयाँ प्रहरीले घरभित्रै प्रवेश गरी जग्गा बेचेको रकम लिएर गएको परिवारको गुनासो हो । छोराको भनाइ
तेजबहादुर गणेशका जेठा छोरा राजेश भन्छन्,
हामीले ट्रयाक्टर किन्नका लागि राखेको रकम प्रहरीले एक्कासी घरमा प्रवेश गरी खोजतलास गरेर लिएर गएको हो । बुवाआमा खेतमा काम गर्दै हुनुहुन्थ्यो भने म कामको सिलसिलामा झापा बजार आएको थिएँ । घरमा मेरो सानो भाइ अमित गणेश, बहिनी अन्जु र मेरी श्रीमती चन्द्रकलामात्रै थिए । त्यही समयमा प्रहरीले घरमा छापा मारेको थियो । प्रहरीले घरमा छापा मारिरहँदा होहल्ला भएपछि छिमेकीहरु भेला भएका थिए । त्यसपछि बुवाआमा आए र बुवालाई काम गरेर आएको अवस्थामा नै प्रहरीले नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय लगेको थियो । हामीहरुले दुःखले पाई पाई जोहो गरेर राखेको रकम प्रहरीले अवैध भनेर लिएर गयो । हामीहरुले ट्रयाक्टर किन्नको लागि पैसा जोहो गरेर राखेका थियौं । ट्रयाक्टर किन्ने पैसा अपुग भएपछि घरपरिवारमा सल्लाह गरेर आफ्नो जग्गा बचेर भए पनि ट्रयाक्टर किन्ने सल्लाह भयो र त्यसैअनुरुप हामीले यही स्थानीय ठाउँको दुई व्यक्तिबाट जग्गा बैनावापत १३ लाख रुपैयाँ लिएका थियौ । कुमार गणेशसँग ५ लाख र अर्को व्यक्ति मनोज खत्रीसँग ८ लाख रुपैयाँ लिएका थियौं । हामीहरुले कर्णाली सहकारी संस्थाबाट १० लाख ऋण लिएका थियौ । जग्गा बेचेर ऋण पनि तिर्ने र बाँकी रहेको पैसाले ट्रयाक्टर किन्ने सोच बनाएका थियौ । हाम्रो सोच सपनामा नै सीमित रहयो । उनको परिवारको एउटै भनाइ छ– हामीले उचित न्याय पाउनु पर्यो । आफूहरुजस्ता सोझासाझा सर्वसाधारण व्यक्तिको घरमा प्रहरीले छापा मारेर पैसा लिएर जानु अन्याय भएको उनीहरुले आक्रोश पोखेका छन् ।न्युज-संजालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!