२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

झापा प्रहरीले स्रोत नखुलेको भन्दै जग्गा बैनाको पैसा लग्यो पीडितहरुको रुवाबासी

Logo
प्रकाशित सोमबार, भाद्र १३, २०७९


ABC (क्राईमबिट)
झापा । प्रहरीले स्रोत नखुलेको भन्दै शुक्रबार बिहान १३ लाख ६० हजार झापा गाउँपालिका वडा नं १ बाट बरामद गरेको थियो । स्रोत नखुलेको भनिए पनि प्रहरीले घरभित्र छिरेर बरामद गरेको रकम जग्गा बिक्रीका लागि थापिएको बैनाको रकम भएको परिवारले दाबी गरेको छ । सीमानजिकै झापा गाउँपालिकाको लसुना घर भएका तेजबहादुर गणेशको घरबाट शुक्रबार बिहान ११ः४५ बजेतिर १३ लाख ६० हजार रुपैयाँ प्रहरीले घरभित्रै प्रवेश गरी जग्गा बेचेको रकम लिएर गएको परिवारको गुनासो हो । छोराको भनाइ
तेजबहादुर गणेशका जेठा छोरा राजेश भन्छन्,
हामीले ट्रयाक्टर किन्नका लागि राखेको रकम प्रहरीले एक्कासी घरमा प्रवेश गरी खोजतलास गरेर लिएर गएको हो । बुवाआमा खेतमा काम गर्दै हुनुहुन्थ्यो भने म कामको सिलसिलामा झापा बजार आएको थिएँ । घरमा मेरो सानो भाइ अमित गणेश, बहिनी अन्जु र मेरी श्रीमती चन्द्रकलामात्रै थिए । त्यही समयमा प्रहरीले घरमा छापा मारेको थियो । प्रहरीले घरमा छापा मारिरहँदा होहल्ला भएपछि छिमेकीहरु भेला भएका थिए । त्यसपछि बुवाआमा आए र बुवालाई काम गरेर आएको अवस्थामा नै प्रहरीले नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय लगेको थियो । हामीहरुले दुःखले पाई पाई जोहो गरेर राखेको रकम प्रहरीले अवैध भनेर लिएर गयो । हामीहरुले ट्रयाक्टर किन्नको लागि पैसा जोहो गरेर राखेका थियौं । ट्रयाक्टर किन्ने पैसा अपुग भएपछि घरपरिवारमा सल्लाह गरेर आफ्नो जग्गा बचेर भए पनि ट्रयाक्टर किन्ने सल्लाह भयो र त्यसैअनुरुप हामीले यही स्थानीय ठाउँको दुई व्यक्तिबाट जग्गा बैनावापत १३ लाख रुपैयाँ लिएका थियौ । कुमार गणेशसँग ५ लाख र अर्को व्यक्ति मनोज खत्रीसँग ८ लाख रुपैयाँ लिएका थियौं । हामीहरुले कर्णाली सहकारी संस्थाबाट १० लाख ऋण लिएका थियौ । जग्गा बेचेर ऋण पनि तिर्ने र बाँकी रहेको पैसाले ट्रयाक्टर किन्ने सोच बनाएका थियौ । हाम्रो सोच सपनामा नै सीमित रहयो । उनको परिवारको एउटै भनाइ छ– हामीले उचित न्याय पाउनु पर्यो । आफूहरुजस्ता सोझासाझा सर्वसाधारण व्यक्तिको घरमा प्रहरीले छापा मारेर पैसा लिएर जानु अन्याय भएको उनीहरुले आक्रोश पोखेका छन् ।न्युज-संजालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!