२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

निर्वाचनको लागि १ लाख २० हजार म्यादी प्रहरीको भर्ना गर्न गृह मन्त्रालय माग्यो

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचन सुरक्षाका लागि प्रहरीले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव गृह मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पठाएको थियो। तर प्रहरीको प्रस्तावमा कटौती गर्दै अर्थले १ लाख १५ हजार म्यादीको सहमति दिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

यसअघि वैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावी सुरक्षामा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो।

मन्त्रालयले दिएको सहमतिको विषयमा नेपाल प्रहरीको केन्द्रीय कार्यलयमा भने औपचारीक जानकारी नआएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए।

मन्त्रालयले सहमति दिएसँगै प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाएर म्यादी प्रहरीका लागि दरखास्त आह्वान गर्ने कानुनी व्यवस्था छ। अहिले प्रहरीले कार्यविधि तयार गरिरहेको डिआइजी राईले बताए।

स्थानीय चुनावमा भन्दा आगामी चुनावका लागि म्यादी प्रहरी १५ हजारले थप गरेको छ। मतदान स्थल र केन्द्र पनि बढी भएका कारण म्यादी प्रहरीको संख्या थप गरिएको प्रहरीले जनाएको छ। म्यादी भर्नामा स्थानीय चुनावमा खटिएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिने डिआइजी राईले जानकारी दिए।

सरकारले यसपटक कारागारमा रहेका कैदीबन्दी मतदाता, निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले पनि भोट खसाल्न पाउने व्यवस्था गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!