१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

कारागार विभागका महानिर्देशक घिमिरेकै नाममा हुन्छ जेलमा लाखौंको चलखेल ?

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । देशभरीका जेलमा अवैध धन्दा चलिरहेको छ । संविधान दिवसमा कैदी छुटाउन भन्दै पैसा लेनदेन भइरहेको स्रोत बताउँछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरेकै नाममा यस्तो चलखेल भइरहेको छ । महानिर्देशक घिमिरेको कतिपय गतिविधि पनि शंकास्पद भएको र उनको नाममा जेलमा पैसा उठाउनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन ।

घिमिरेले केन्द्रीय कारागारमा रानीबारी हत्याकाण्डका कैदी मनराज गुरुङलाई चौकीदार बनाएका छन् । केन्द्रीय कारागारमा हालीमुहाली जमाउँदै आएको समूहकै सेटिङमा उनी चौकीदार बनेका हुन् । उनलाई घिमिरेले जेल बाहिर निस्कने अधिकार समेत दिएको कारागार स्रोत बताउँछ । महानिर्देशक घिमिरेसँग मनराजको दोस्ती भएकाले जेलर डोरेन्द्र निरौला समेत निरिह बनेका छन् ।

यही समूहले केन्द्रीय कारागारमा पसल सञ्चालनको ठेक्का हात लिएर कैदी–बन्दीमाथि शोषण गर्दै आएको छ । नियमअनुसार कैद पाएर छुट्नेलाई पनि उनीहरुले कारागार प्रशासनसँग मिलेर पैसा दिएमात्र छुटाउने गरेका छन् ।

यसअघि झुम्का कारागारमा पनि महानिर्देशक घिमिरेले चलखेलकै आधारमा चौकीदार राखेका थिए । पछि लेनदेन नमिलेपछि हाल नयाँ चौकीदार बनाउन चलखेल भइरहेको छ । यसबारे विभिन्न निकायमा उजुरी परेपछि छानबिन हुन सकेको छैन ।

यसअघि पनि निमित्त महानिर्देशक, तथा निर्देशक भएर कारागार व्यवस्थापन विभागमा बसेका घिमिरे यसपटक मागेरै त्यहाँ पुगेका हुन् । जेलभित्रको आर्थिक चलखेलमा पहिलेदेखि नै लेनदेन गर्दै आएकाले उनले यतीबेला ठूला जेलहरुमा सेटिङ चलाएका छन् । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!