२७ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

कारागार विभागका महानिर्देशक घिमिरेकै नाममा हुन्छ जेलमा लाखौंको चलखेल ?

Logo
प्रकाशित मंगलबार, भाद्र १४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । देशभरीका जेलमा अवैध धन्दा चलिरहेको छ । संविधान दिवसमा कैदी छुटाउन भन्दै पैसा लेनदेन भइरहेको स्रोत बताउँछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेव घिमिरेकै नाममा यस्तो चलखेल भइरहेको छ । महानिर्देशक घिमिरेको कतिपय गतिविधि पनि शंकास्पद भएको र उनको नाममा जेलमा पैसा उठाउनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन ।

घिमिरेले केन्द्रीय कारागारमा रानीबारी हत्याकाण्डका कैदी मनराज गुरुङलाई चौकीदार बनाएका छन् । केन्द्रीय कारागारमा हालीमुहाली जमाउँदै आएको समूहकै सेटिङमा उनी चौकीदार बनेका हुन् । उनलाई घिमिरेले जेल बाहिर निस्कने अधिकार समेत दिएको कारागार स्रोत बताउँछ । महानिर्देशक घिमिरेसँग मनराजको दोस्ती भएकाले जेलर डोरेन्द्र निरौला समेत निरिह बनेका छन् ।

यही समूहले केन्द्रीय कारागारमा पसल सञ्चालनको ठेक्का हात लिएर कैदी–बन्दीमाथि शोषण गर्दै आएको छ । नियमअनुसार कैद पाएर छुट्नेलाई पनि उनीहरुले कारागार प्रशासनसँग मिलेर पैसा दिएमात्र छुटाउने गरेका छन् ।

यसअघि झुम्का कारागारमा पनि महानिर्देशक घिमिरेले चलखेलकै आधारमा चौकीदार राखेका थिए । पछि लेनदेन नमिलेपछि हाल नयाँ चौकीदार बनाउन चलखेल भइरहेको छ । यसबारे विभिन्न निकायमा उजुरी परेपछि छानबिन हुन सकेको छैन ।

यसअघि पनि निमित्त महानिर्देशक, तथा निर्देशक भएर कारागार व्यवस्थापन विभागमा बसेका घिमिरे यसपटक मागेरै त्यहाँ पुगेका हुन् । जेलभित्रको आर्थिक चलखेलमा पहिलेदेखि नै लेनदेन गर्दै आएकाले उनले यतीबेला ठूला जेलहरुमा सेटिङ चलाएका छन् । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्रहार भएको बताए। बीबीसीका अनुसार उनलेे भने, ‘यदि इरानले इजरायलमा आक्रमण गरेमा कडा जवाफ दिन इजरायली रक्षा बल (आईडीएफ) पूर्ण रूपमा तयार छ।’ रक्षामन्त्री इजरायल काट्जले बुधबार लेबननमा गरिएको हमलामा २०० भन्दा बढी व्यक्ति मारिएको बताएका छन्। उनले ती व्यक्तिहरूलाई आतंकवादी भएको आरोप लगाएका छन्।

काठमाडौं । छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यस्थित नोएडाका मदिरा पसलमा ग्राहकको भिड उर्लिएको छ । मानिसहरू बिहानैदेखि लाइनमा बसेर मदिरा खरिद गर्न थालेका छन् । कतिपयले त कार्टुनका कार्टुन मदिरा खरिद गरेर लगेका छन् । नोएडाको सेक्टर–१८ स्थित एक मदिरा पसल बाहिर जम्मा भएका ग्राहकको भिडमा छायाङ्कन गरिएको भिडियोमा कोही लाइन लागेर पालो कुरिरहेका, कोही मदिरा […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा  १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, […]

error: Content is protected !!