१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

टिकटक र फेसबुकले बिग्रिए प्रहरीहरु डिउटीको समयमा मोबाइल प्रयोगमा रोक

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । फेसबुक र टिकटकले प्रहरी बिग्रिएको निष्कर्षसहित प्रहरीमा मोबाइल प्रयोगलाई कडाई गरिएको छ । डिउटीको समयमा त मोबाइल प्रयोग गर्ने प्रहरी कारबाहीमा पर्न थालेका छन् ।

प्रहरी मोबाइलमा फेसबुक र टिकटक हेरेर बस्ने त्यही बेला अपराधीहरु भाग्नेसम्मका घटना देखिएपछि यसमा कडाई सुरु भएको हो । गत ८ भदौमा राजधानीमा यस्तै एउटा घटना भयो । नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे ।

फुर्सदको मौकामा सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले । मोबाइलमा रमाउँदा रमाउँदै कैदी कतिखेर निस्किए उनीहरुले चालै पाएनन् ।

 

यो घटनापछि कारागारमा कार्यरत प्रहरीलाई डिउटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डर बाहेक अन्यलाई मोबाइल बोक्न रोक लगाइयो । घटनाको सम्बन्धमा एसपी देवेन्द्र पालको नेतृत्वमा छानबिन समिति बन्यो । समितिले पनि मोबाइल प्रयोगमा कडाई गर्न सिफारिस गरेको छ ।

त्यसो त प्रहरी प्रधान कार्यालयले पनि हालै देशभरी यसबारे परिपत्र गरेको छ । कसैले डिउटीको समयमा मोबाइल प्रयोग गरेमा कारबाही हुने चेतावनी दिइएको छ ।

मोबाइल र सामाजिक सञ्जालको दुरुपयोग समाजकै लागि एउटै चुनौती बनेको छ । हरेक क्षेत्रमा यो समस्या छ । त्यसकारण प्रहरीमा पनि नहुने कुरा भएन ।

तर, कानुनको कार्यान्वायन गराउने प्रहरी अधिकारी यस्ता लतमा पर्दा अपराधीलाई फाइदा हुने अवस्था छ । यस्तो समस्या नेपालमा मात्र होइन, अन्य देशका सुरक्षा निकायमा पनि छ । धेरै देशमा डिउटीको समयमा प्रहरीलाई मोबाइल बोक्न रोक लगाउन थालिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!