२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

आईजिपी सिंहद्धारा बागमती प्रदेश प्रहरी विद्यालय चितवनको नवनिर्मित भौतिक संरचनाको समुद्घाटन

Logo
प्रकाशित आइतबार, आश्विन ०९, २०७९

 

ABC (क्राईमबिट)

काठमाडौं । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाहरुको एक कार्यक्रमवीच समुद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारको नियमित बजेट मार्फत रु. ३,६८,३१,८५९।८८ को लागतमा निर्मित महिला छात्रा तथा भान्साघर र रु. २१,५७,२६८।७१ को लागतमा निर्मित सोधपुछ कक्षको आज एक समारोहविच समुद्घाटन गरिएको हो । उद्घाटन पश्चात उहाँले नवनिर्मित भौतिक संरचनाको निरीक्षण समेत गर्नु भएको थियो ।
समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भईरहेको यस बागमती प्रदेश प्रहरी विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरिय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनिहरुको भूमिका र समाज प्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गंभिर हुनुपर्ने उहाँले बताउनुभयो । आज निर्माण सम्पन्न भई समुद्घाटन भएका भौतिक संरचनाले यस प्रहरी विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपुर्ण भूमिका खेल्ने कुरा समेत उहाँले व्यक्त गर्नु भयो ।
कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटा लगायत प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्‍नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्रद्धारा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रमुख अतिथिलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो ।
सोही अवसरमा विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक ई. ईश्‍वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]