२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

टाँगिएका ब्यानर तत्काल हटाउन आयोगको निर्देशन

Logo
प्रकाशित सोमबार, आश्विन ३१, २०७९

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरु तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरेको छ ।

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।

उनले उम्मेदवारहरूले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गरे ।

सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनी स्वीकार नगरेको खण्डमा जुन निर्वाचन चिह्नको प्रयोग भएको छ सोही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले सोहीअनुरूप काम गर्न पनि आग्रह गरे । त्यस्तै उनले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने बताए । उनले खेलकुद, पुरस्कार वितरणलगायतका कार्यक्रमहरूमा राजनीतिक आबद्धता देखाउन नहुने पनि उल्लेख गरे ।

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनै पनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जाहेर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए । उनले सम्बन्धित कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउँदापनि आचारसंहिता उल्लंघन गर्ने कर्मचारीलाई कारबाही नभएमा प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नसक्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई अप्ठेराे परेको खण्डमा निर्वाचन आयोगमा सम्पर्क गर्न पनि अनुरोध गरे ।

उनले स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गरे । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र सोही समितिअन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने बताए । त्यस्तै कर्मचारीहरूलाई निर्वाचनमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उनले त्यस्तो आरोपबाट मुक्त हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले कसैले निर्वाचनमा खलल पुग्ने खालको गतिविधि गरेमा कानूनी अधिकार प्रयोग गरी नियन्त्रण गर्न र कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।सचिव दुवाडीले यसरी नियन्त्रण तथा कारबाही गरेका कुराहरू नागरिकसम्म पुर्‍याउन समाचार सम्प्रेषणमा ध्यान दिन पनि आग्रह गरे ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]