नेपाल टेलिकमले तिहार, छट र म्हपूजाको अवसरमा आइतबारदेखि विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ।
यो अफर कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। डेटा प्याक अन्तर्गत २९४ रूपैयाँमा दस दिनभित्र प्रयोग गर्न सकिने २० जिबी डेटा उपलब्ध हुनेछ। त्यस्तै ९८ रूपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने ६ जिबी डेटा पनि उपलब्ध छ।साभार