२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

तिहार सकिने बितिकै किसानलाई धान कात्न र भित्र्याउने चटारो

Logo
प्रकाशित शुक्रबार, कार्तिक ११, २०७९


(केभी निस्चयल)
दाङ । तिहार सकिएलगत्तै शारदा नगरपालिका–२ जोगदेखोलाका ६५ वर्षीय कृष्णबहादुर डाँगीलाई एक छिन फुर्सद छैन । उनी बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन् । पर्व सकिने बित्तिकै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको छ ।

यस्तै, कालिमाटी गाउँपालिका–२ का हुमबहादुर केसी पनि परिवारसहित धान काटन व्यस्त हुने गरेका छन् । फेरि गत वर्षजस्ते पानी परेर धान नष्ट नहोस् भन्दै परिवारसहित उनी हतार हतार काम गरिरहेका छन् ।
यी दुई मात्र नभई जिल्लाका अधिकांश भेगमा वर्षातको समयमा लगाएको धान पाकेर पहेँलपुर भएपछि चाडपर्व सकिने बित्तिकै किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

धानबाली उत्पादनबाट वर्षमा सात महिना सजिलै परिवारको गर्जो जुटाउँदै आएका छत्रेस्वरी गाउँपालिका ६ लान्तीका किसान ५० वर्षीय हर्कबहादुर रानाले तोरी तथा गहुँ छर्नका लागि धमाधम धान काटिरहेको बताए । दसैंताका सातासम्म परेको अविरल पानीले धानका बाला कालो भएपनि खासै समस्या नदेखिएको उनले बताए । ‘गत वर्षसम्म दुई/चार दिन बिराउँदै पोकेको धानबाली काट्ने र झाट्ने गरिन्थ्यो । गत वर्ष वर्षातले सबै बाली सखाप पारेको थियो । यसपालि पनि बर्षात हुन्छ भन्ने डरले धानबाली भित्रयाउन बिहानदेखि बेलुकीसम्म खटिनु परेको छ,’ उनले भने, ‘पाकेको धान भित्र्याए आठ/१० महिनालाई ढुक्क हुन्छ । कसैको भर पर्नु पर्दैन ।’

कालीमाटी गाउँपालिकाको बालुवाका किसान धर्मबहादुर पुनले मानो छरेर मरी भित्रयाउने समय भएकाले निर्वाचनको चहलपहललाई बेवास्ता गर्दै र सबै काम छाडेर पाकेको धानबाली भित्र्याउन जुटेको बताए । यसपालि आफ्नोतिर गतवर्षभन्दा धानबाली राम्रो भएको उनले बताए । ‘पाकेको धान दसैंलगत्तै काटनु पर्ने थियो तर वर्षातका कारण आठ/१० दिन त्यत्तिकै बित्यो । अहिले धेरै सुकेर झर्न थालिसकेका छन् । तोरी लगाउन पनि ढिलाई हुन थालिसकेको छ । त्यही भएर अन्य कामलाई थाती राखी सबै मिलेर धान भित्रयाउन जुटनु परेको छ,’ उनले भने ।

धानबालीबाट कम्तीमा पनि सात महिना खान पुग्ने भएकाले फुर्सदिलो समयमा भारत अगायत अन्यत्र गएर काम गर्ने चाँजोपाजो मिलाउन मौसम सफा हुने बित्तिकै घरका सबै तथा छिमेकीको साथ लिएर पाकेको धानबाली काटन, झाट्न खटिएको त्रिवेणी गाउँपालिका–१ का भक्तबहादुर ओलीले बताए । पाकेको बाली भित्रयाए ढुक्कसँग अन्य काम गर्न पाइने उनले जानकारी गराए ।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले असोजको तेस्रो सातातिर परेको अविरल वर्षातले जिल्लाका विभिन्न स्थानमा धानबालीम क्षति पुर्‍याएको र समयमै मल प्रयोग गर्न नपाए पनि यसपालि धानबालीमा गिरावट नआउने बताएका छन् ।

उनका अनुसार गत वर्ष किसानले सात हजार ७२ हेक्टर खेतमा धान लगाएर २९ हजार तीन सय ५३ मेट्रिक टन उत्पादन भएको थियो । त्यसपालि पनि उही हाराहारीमा उत्पादन हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]