२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

नेपाल प्रहरीमा एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र परेको छ । अर्थमन्त्री जनार्दन शर्माले एआइजीको अनिवार्य अवकाशको उमेरहद ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव गरेका थिए ।

निर्वाचन आचारसंहिताका कारण त्यससम्बन्धि निर्णय हुन सकेको छैन । अवकाश हुन लागेका एआइजीद्वय अरुण बिसी र रबिन्द्रबहादुर धानुकलाई लक्षित गरी अर्थमन्त्रीले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, निर्वाचन आयोगले सहमति दिएको छैन ।

एआइजी बिसीले १५ कात्तिक तथा धानुकले २५ कात्तिकमा अवकाश पाउँदैछन् । खासगरी धानुककै लागि प्रहरी नियमावली संशोधन गर्न लागिएको स्रोत बताउँछ । यसअघि अर्थमन्त्रीकै जोडबलमा उनी एआइजीमा बढुवा भएका थिए । गृह मन्त्रालयलाई समेत बाइपास गरी अर्थमन्त्रीले यससम्बन्धि ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा अनौठो मानिएको छ । यसअघि सर्वाेच्चले प्रहरीको करिअरसँग जोडिएका विषयमा ऐन संशोधन गरेर मात्र हेरफेर गर्न सरकारका नाममा आदेश दिएकाले अहिले केही व्यक्तिलाई लक्षित गरी नियमावली संशोधन गर्न नमिल्ने तर्क कतिपय प्रहरी अधिकारीको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]