२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र

Logo
प्रकाशित आइतबार, कार्तिक १३, २०७९

नेपाल प्रहरीमा एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र परेको छ । अर्थमन्त्री जनार्दन शर्माले एआइजीको अनिवार्य अवकाशको उमेरहद ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव गरेका थिए ।

निर्वाचन आचारसंहिताका कारण त्यससम्बन्धि निर्णय हुन सकेको छैन । अवकाश हुन लागेका एआइजीद्वय अरुण बिसी र रबिन्द्रबहादुर धानुकलाई लक्षित गरी अर्थमन्त्रीले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, निर्वाचन आयोगले सहमति दिएको छैन ।

एआइजी बिसीले १५ कात्तिक तथा धानुकले २५ कात्तिकमा अवकाश पाउँदैछन् । खासगरी धानुककै लागि प्रहरी नियमावली संशोधन गर्न लागिएको स्रोत बताउँछ । यसअघि अर्थमन्त्रीकै जोडबलमा उनी एआइजीमा बढुवा भएका थिए । गृह मन्त्रालयलाई समेत बाइपास गरी अर्थमन्त्रीले यससम्बन्धि ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा अनौठो मानिएको छ । यसअघि सर्वाेच्चले प्रहरीको करिअरसँग जोडिएका विषयमा ऐन संशोधन गरेर मात्र हेरफेर गर्न सरकारका नाममा आदेश दिएकाले अहिले केही व्यक्तिलाई लक्षित गरी नियमावली संशोधन गर्न नमिल्ने तर्क कतिपय प्रहरी अधिकारीको छ ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!