३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता,

Logo
प्रकाशित सोमबार, कार्तिक १४, २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

नाबालिक बलात्कार मुद्दामा हिरासतमा रहेका लामिछानेविरुद्ध १२ वर्ष कैद माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भएसँगै लामिछानेलाई अदालत लगिँदै छ ।

सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि न्यौपानेका अनुसार थुनछेक बहस आजै सुरू हुनेछ । यसअघि प्रहरीले उनीविरुद्ध परेको मुद्दाको अनुसन्धान सकिसकेको छ ।सन्दीपविरुद्ध भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो । त्यतिबेला क्रिकेट खेल्न केन्या पुगेका उनलाई त्यहाबाट नेपाल फर्किएलगत्तै असोज २० गते विमानस्थलबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!