२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

डोल्पामा बाटो खन्ने क्रममा डोजर घरमाथि खस्यो, मानवीय क्षति भैइन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ३०, २०८२

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।

उनले डोजर दुर्घटनामा कुनै पनि मानविय क्षति नभएको र चालक हरि पुन सकुशल रहेको समेत बताए ।

डोजर दुर्घटनामा पर्दा इन्जिनदेखि अगाडि भाग ढोका सहित मेसिन क्षति ग्रस्त भएको क्रिस एन्ड क्रिस्टिना निर्माण सेवाका प्रोप्राइटर दिलीप सिंह ठकुरीले जानकारी दिए ।

,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!