२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एटीएम मेशिन तोडफोड गरेर फरार रहेका तीन जना पक्राउ

Logo
प्रकाशित मंगलबार, कार्तिक १५, २०७९

ललितपुरमा बैंकको एटीएम मेशिन तोडफोड गरेकाे आरोपमा तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, बेलकोटगढी–३ नै घर भई ललितपुर महानगरपालिका–६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरीको धरान उपमहानगरपालिका–१५ भानुचोक घर भई सुन्धाराममै बस्ने ३५ वर्षीय अनिल राई छन्।

उनीहरूले असोज ४ गते राति १२ः३५ बजे ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएम मेशिन तोडफोड गरेर पैसा चोरी गर्न खोजेको आरोप छ।

फरार रहेका उनीहरूका सम्बन्धमा सो बैंकमा रहेको सीसीटीभी फुटेजको माध्यमबाट जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट अनुसन्धान गर्दै जाने क्रममा घटनामा संलग्न रहेका सीसीटीभी फुटेजमा देखिएअनुसारको हुलिया भएका उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूमाथि ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]