२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

डिआईजी बज्राचार्यले निर्वाचनमा सुरक्षा ब्यबस्था कडा पार्न रसुवा प्रहरी प्रमुखलाई निर्देशन

Logo
प्रकाशित बुधबार, कार्तिक १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय रसुवाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय रसुवाबाट सम्पादित पछिल्लो गतिबिधीको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो ।

निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल समेत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]