०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

मङ्सिर ४ गते हुने निर्वाचनको लागि मतदान केन्द्रको सम्पूर्ण तयारी पुरा

Logo
प्रकाशित शनिबार, मंसिर ०३, २०७९

(ABC-Sanchar)
दाङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङका मतदान केन्द्रहरुको निर्माण कार्यको तयारी पुरा भएको छ । जिल्लाका १५३ मतदान स्थल र ४६५ वटा मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मतदान केन्द्रहरुको निर्माण कार्यको तयारी पुरा भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रजिअ रेग्मीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसंग छलफल गरी मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । मतदान स्थलमा सरसफाईदेखि डोरी तानेर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

जिल्लामा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचनका लागि ३ हजार ७ सय २० कर्मचारी खटिएको प्रजिअ रेग्मीले बताए । त्यस्तै करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ ।

प्रजिअ रेग्मीले दिएको जानकारी अनुसार जिल्लामा सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीन निर्वाचन क्षेत्र रहेको दाङमा ४ लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।

जिल्लाका पाँच मतदान केन्द्रमा महिलाहरू मात्रै खटिएका छन् । मतदान अधिकृत, साहयक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र अधिकांश सुरक्षाकर्मी सबै महिला खटाइएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!