भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको ।
साथै भारतिय सवारी साधनले नेपाल सरकारबाट अनुमति विना नेपाली यात्रुहरु ओसार पसार गरेको पाइएमा सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ वमोजिम कारवाही हुने व्यहोरा जानकारीको लागी अनुरोध गरिएको छ ।