१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

काठमाडौं विमानस्थल परिसरबाट फेला परेका बेवारिसे सामानहरु बुझायो

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमनास्थलको विभिन्न स्थानहरुमा बिभिन्न मितिमा बेवारिसे अवस्थामा फेला परेका ल्यापटप, मोबाईल, क्यामेरा,घडी र सुन तथा अन्य धातुका गरगहना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको Lost & Found Unit मा सुरक्षित रहेको हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आवत/ जावत गर्ने क्रममा कोही कसैको सामान छुटेको भए स-प्रमाण सहित Lost & Found Unit मा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
थप जानकारीको लागि निम्न फोन नं-मा सम्पर्क गर्नु हुन अनुरोध।
आन्तरिक उडानतर्फको सम्पर्क नं.०१४११३२९९
अन्तराष्ट्रिय उडानतर्फको सम्पर्क नं.०१४११३१६३

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!