०७ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

सडक विभागले ३ महिनामा पौने ७ अर्ब रकम खर्चियो कारणहरु यस्तो

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९


(ABC-Sanchar)
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा सडक विभागले पौने ७ अर्ब रुपैयाँ खर्च गरेको छ । प्रथम त्रैमासिक प्रतिवेदनअनुसार विभागले साउन, भदौ र असोजमा ६ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको हो । कुल ३४ अर्ब ६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य भए पनि विभागले १९.७५ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार प्रथम त्रैमासिक लक्ष्य ९५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने थियो । ३८ किमि मात्र कालोपत्रे सडक निर्माण गरिएको छ । त्यस्तै, ग्राभेल स्तरको सडक १३८ किमि निर्माण गर्ने लक्ष्य रहेकोमा ४४ किमि, माटे सडक १८१ किमि निर्माण गर्ने लक्ष्य रहेकोमा ४० किमि र आवधिक मर्मत १२० किमि गर्ने रहेकोमा ९ किमि मात्र भएको सडक विभागले जनाएको छ । ६१ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा ११ वटा मात्र पुल निर्माण भएको छ ।
‘लक्ष्य राखेको मिलेको छैन, साउन र भदौमा पानी धेरै पर्‍यो, त्यसपछि चाडबाड लाग्यो,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसैले लक्ष्यअनुसार काम हुन सकेन ।’ सडक कालोपत्रे र पुल निर्माणले गर्दा खर्च बढी देखिने उनको भनाइ छ । ‘पुलको काम चिठ्ठि लेखेरै बर्खामा नगर्न भन्छौं, यो बेला कालोपत्रेको काम पनि हुँदैन,’ उनले भने, ‘त्यसैले यसमा कम प्रगती देखिएको हो, बल्ल काम गर्ने समय सुरु भएको छ, अहिले कतै अवरोध नभएकाले निर्माणको कामले गति लिने छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सबैभन्दा बढी बजेट खर्चिनेमा सडक विभाग पर्छ । चालु आवमा सडक विभागका लागि १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सस्तोको आशामा सीमापार जानेहरू भाडा, समय, लामो लाइन र भन्सारको झन्झटले थकित भएर फर्किन्छन्। अन्त्यमा न सस्तो, न सजिलो—यो त सस्तोको भ्रम मात्रै हो। हामीलाई बाहिर जानु रहर होइन, बाध्यता हो। किनकि आफ्नै देशमा बजार महँगो, अव्यवस्थित र असहज छ। अब सरकारले बुझ्नुपर्छ— जनतालाई बाहिर धकेल्ने होइन, नेपालमै किनमेल गर्न सकिने वातावरण बनाउनुपर्छ। […]

चितवन । पानीसँगै आएको असिनाले आइतबार चितवन कुरिनटार क्षेत्रमा ७४ गाडीमा क्षति पुगेको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार असिनाले लागेर ५७ वटा कार, १५ वटा माइक्रो बस र एक एकवटा ट्रक र मोटरसाइकलमा असर परेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले हिजो आइतबार साँझपख चार बजेर ५५ […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीको विशेष सक्रियता तथा इलाका प्रहरी कार्यालय, मर्चवार, रुपन्देही को समन्वयमा मिति २०८३।०१।०५ गते जिल्ला रुपन्देही, सम्मरीमाई गाउँपालिका–३, पिप्रहवा स्थित एक घरबाट अवैध रूपमा भन्सार छली गरी ल्याई लुकाई–छिपाई राखिएको सामान बरामद गरिएको छ। बरामद सामानमा ११३ पेटी विभिन्न किसिमका टायल्स, हेण्ड पाइप तथा पाइप सकेटहरू रहेका […]

error: Content is protected !!