२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका फरार व्यक्ति २७ वर्षपछि पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर १०, २०७९


ABC (क्राईमबिट)
रुपन्देही । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।

२७ वर्षदेखि लुकीछिपी बसिरहेका पुजारी थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

यसैबीच, सवारी ज्यान मुद्दामा कैद ठहर भई नौ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतको ७ माघ ०७० मा गरेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई नौ वर्षदेखि लुकिछिपी बसिरहेका सीताराम थारूलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

लापरवाही गरी ट्याक्टर चलाउँदा मानिसको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । ०७३ सालमा सैनामैना नगरपालिकाको बाँसगढीमा लापरवाही साथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतको १७ फागुन ०७३ को फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई ६ वर्षदेखि फरार रहिरहेका साविक सालझण्डी–६ हालको सैनामैना नगरपालिका–११ बस्ने वर्ष ३३ को हिरा भनिने मोहनलाल थारु पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]