११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

दाङ र बाँकेमा आईजिपी सिंहको निरीक्षण हेडक्वाटरमा आएको उजुरीको गोप्य अनुसन्धान

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

(महेन्द्र सिंह)

बाँके । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो गृह जिल्ला नेपालगञ्जबाट कार्यकालको पहिलो निरीक्षण तथा अनुगमन भ्रमण सुरु गरेका छन् । उनले यो पटक लुम्बिनी र कर्णाली प्रदेशमा रहेका प्रहरीका विभिन्न इकाईहरुको निरीक्षण गर्नेछन् ।

प्रहरी प्रधान कार्यालयस्थित स्रोतका अनुसार लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय बिरुद्ध तथा लुम्बिनी र कर्णाली प्रदेश अन्तरगतका विभिन्न इकाईका विषयमा आएका लिखित तथा मौखिक उजुरीका विषयमा समेत महानिरीक्षक सिंहको यो भ्रमण केन्द्रीत रहने छ ।

प्रहरी महानिरीक्षक सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको शुक्रबार निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका हुन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि गर्नेतर्फ विशेष ध्यान दिएर तालिम प्रदान गर्नुपर्ने उल्लेख गरे ।

यसैगरी प्रहरी महानिरीक्षक सिंहले लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको निरीक्षण तथा अवलोकन भ्रमण गरे । उनले अस्पतालको ल्याव परीक्षणलाई स्तरोन्नति गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिए।

बिरामी वार्डलाई व्यवस्थित गर्नुपर्ने र नयाँ निर्माण हुन लागेको अस्पताल भवन छिटो भन्दा छिटो शीलान्यास गरी निर्माण कार्य अगाडि बढाउनु पर्नेमा उनको जोड थियो ।

साथै प्रहरी महानिरीक्षक सिंहले मंसिर १ गते जुम्ला सदरमुकामदेखि तिला गाउँपालिकास्थित मतदान केन्द्रमा मतपेटिकाको खाली बाकस बोकी जाँदै गर्दा सवारी दुर्घटनामा परी घाइते भई हाल उक्त अस्पतालमा उपचाररत जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक हवल्दार सुरज चन्दको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत ब्यक्त गरे ।

निरीक्षण भ्रमण कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्रमुख लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!