२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ र बाँकेमा आईजिपी सिंहको निरीक्षण हेडक्वाटरमा आएको उजुरीको गोप्य अनुसन्धान

Logo
प्रकाशित शनिबार, मंसिर १७, २०७९

(महेन्द्र सिंह)

बाँके । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आफ्नो गृह जिल्ला नेपालगञ्जबाट कार्यकालको पहिलो निरीक्षण तथा अनुगमन भ्रमण सुरु गरेका छन् । उनले यो पटक लुम्बिनी र कर्णाली प्रदेशमा रहेका प्रहरीका विभिन्न इकाईहरुको निरीक्षण गर्नेछन् ।

प्रहरी प्रधान कार्यालयस्थित स्रोतका अनुसार लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय बिरुद्ध तथा लुम्बिनी र कर्णाली प्रदेश अन्तरगतका विभिन्न इकाईका विषयमा आएका लिखित तथा मौखिक उजुरीका विषयमा समेत महानिरीक्षक सिंहको यो भ्रमण केन्द्रीत रहने छ ।

प्रहरी महानिरीक्षक सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको शुक्रबार निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका हुन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उनले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि गर्नेतर्फ विशेष ध्यान दिएर तालिम प्रदान गर्नुपर्ने उल्लेख गरे ।

यसैगरी प्रहरी महानिरीक्षक सिंहले लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको निरीक्षण तथा अवलोकन भ्रमण गरे । उनले अस्पतालको ल्याव परीक्षणलाई स्तरोन्नति गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिए।

बिरामी वार्डलाई व्यवस्थित गर्नुपर्ने र नयाँ निर्माण हुन लागेको अस्पताल भवन छिटो भन्दा छिटो शीलान्यास गरी निर्माण कार्य अगाडि बढाउनु पर्नेमा उनको जोड थियो ।

साथै प्रहरी महानिरीक्षक सिंहले मंसिर १ गते जुम्ला सदरमुकामदेखि तिला गाउँपालिकास्थित मतदान केन्द्रमा मतपेटिकाको खाली बाकस बोकी जाँदै गर्दा सवारी दुर्घटनामा परी घाइते भई हाल उक्त अस्पतालमा उपचाररत जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक हवल्दार सुरज चन्दको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत ब्यक्त गरे ।

निरीक्षण भ्रमण कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्रमुख लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]