२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

९ दिनमा प्रहरीलाई २ हजार पटक फोन गर्ने एक वृद्ध पक्राउ

Logo
प्रकाशित आइतबार, मंसिर २५, २०७९


(ABC-Sanchar)
काठमाडौं । एक वृद्ध जापानीले प्रहरी चौकीमा ९ दिनमा २,०६० पटक फोन गरे । उनले फोन मात्रै गरेनन् त्यहाँका कर्मचारीलाई ‘कर ठग’ र ‘मूर्ख’ भनेर चिच्याउँदै गाली पनि गरे । उनले यस्तो व्यवहार देखाएपछि प्रहरीले उनलाई पक्राउ गरेका छन् ।

अनुसारसेप्टेम्बर ३० र अक्टोबर ८ को बीचमा सैतामा प्रिफेक्चरका ६७ वर्षका व्यक्तिले प्रिफेक्चरल प्रहरी मुख्यालयमा कुल २०६० पटक फोन गरेर त्यहाँका कर्मचारीमाथि चिच्याउँदै सबैजना बर्खास्त हुनुपर्छ भन्दै गाली गरे । ९ दिनको अन्तरालमा उनले प्रत्येक ६ मिनेटमा फोन गरे र उनले जम्माजम्मी २७ घण्टा कुराकानी गरे । अन्ततः प्रहरीले ती व्यक्तिको घरमा छापा मारेर प्रहरीको काम कारवाहीमा अवरोध पुर्याएको भन्दै पक्राउ गरे ।उनले आफ्नो आरोप स्विकार गर्दै भने, ‘मलाई थाहा थियो, एक दिन प्रहरीले मलाई पक्राउ गर्नेछ ।’

यो अचम्मको घटनामाथि अनुसन्धान जारी छ किनभने नाम नखुलाएका ती ६७ वर्षका जापानीले प्रहरीलाई सोधपुछमा सहयोग गरिरहेका छैनन् ।

चाखलाग्दो कुरा के छ भने उनको फोन रेकर्ड अनुसार उनले वर्षौँदेखि प्रहरीलाई फोन गर्दै आएका थिए । तर पछिल्लो समय भने उनको यो क्रियाकलापमा अत्यधिक वृद्धि भएको थियो ।

यद्यपि, प्रहरीले आफ्नो काम कारवाहीमा हस्तक्षेप गरेको र कसैको जीवन रक्षाका लागि आवश्यक पर्ने स्रोतको दुरुपयोग गर्नु एउटा गम्भीर मुद्दा भएको बताएको छ । तर यस्तो क्रियाकलापमा ती व्यक्तिको निरन्तरता र डेडिकेसनबारे पनि धेरैले कुराकानी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]

दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]

काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]

error: Content is protected !!