२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाली सेना र काठमाडौं महानगरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Logo
प्रकाशित बुधबार, मंसिर २८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेना र काठमाडाैं महानगरपालिकाको सहकार्यमा बुधबार जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

बुधबार र बिहीबार गरी दुई दिन सञ्चालन हुने स्वास्थ्य शिविरको काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

स्थानीय बासिन्दाहरूलाई प्रभावकारी रूपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षणका लागि बिहान ८ बजेबाट मध्यान्ह १२ बजेसम्म नाम दर्ता गर्नुपर्नेछ।

 

सो स्वास्थ्य शिविरमा बलाधिकृत रथी सरोजप्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत, नेपाली सेनाका रथीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

साथै उक्त शिविरमा जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाँटी, छाला रोग, छातीसम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखासम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स–रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्श, इकोकार्डियोग्राफी, ईसीजी तथा ब्लड सुगर जाँचलगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराई चिकित्सकहरूको सिफारिसअनुसार निःशुल्क औषधीसमेत वितरण गर्ने व्यवस्था रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]