०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

भारतको विहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु

Logo
प्रकाशित मंगलबार, पुष १२, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन्।

सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विषाक्त मदिरा सेवन गरेकाहरूले चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने गुनासो गरेका थिए।

राज्यको राजधानी पटनाबाट ६० किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लाबाट सुरुमा मृत्यु भएको खबर आएको थियो।

त्यहाँ सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोले जनाएको छ। राज्यका विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।

विगत छ वर्षमा विहारमा विषाक्त मदिराक सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा छ लाख जना जेलमा परेका विपक्षी दलका नेता एवम् विहारका सांसद सुशीलकुमार मोदीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

भारतका चार राज्य गुजरात, मणिपुर, नागाल्याण्ड र विहारमा मदिरा पूर्णरुपमा प्रतिबन्धित छ भने केही अन्य राज्यमा पनि यो आंशिक रूपमा प्रतिबन्धित छ तर यसको उत्पादन, बिक्री एवम् सेवन रोकिएको छैन।

यो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो।

नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट सात सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि एक सय २० जनाले ज्यान गुमाएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले चिन्ता व्यक्त गरेको छ। ‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन  र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’ विद्यार्थी संगठनमाथि प्रतिबन्ध […]

काठमाडौं । महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।

कपिलवस्तु । राज्यको ढुकुटी रित्याएर व्यापारी पोस्ने खेलमा कपिलवस्तुको मर्यादपुर भन्सार र केही भ्रष्ट कर्मचारीहरूको लज्जास्पद मिलोमतो पर्दाफास भएको छ। भन्सार बिन्दुबाटै राजस्व छली गरी ल्याइएको भारतीय ट्रकलाई प्रहरीले प्रमाणसहित पक्राउ गर्दा समेत भन्सार कार्यालयले उल्टै प्रहरीको दाबीलाई चुनौती दिँदै रातको अन्धकारमा गाडी छाडेपछि कर्मचारी, एजेन्ट र व्यापारीबीचको ‘अपवित्र गठबन्धन’ छताछुल्ल भएको हो। प्रहरीको प्रमाण, […]

error: Content is protected !!