०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

होटल पौवा घोराही दाङले नयाँ वर्ष २०२३ को विशेष कार्यक्रम गरी मनाउने तयारी

Logo
प्रकाशित बुधबार, पुष १३, २०७९


(रसोज तामाङ)
दाङ । अघिल्लो वर्ष जस्तै अँग्रेजी नँया वर्षको स्वागतमा होटल पौवाले यस वर्ष पनि विशेष कार्यक्रम गरी मनाउने भएको छ । ‘यसपालीको नयाँ वर्ष पौवाको स्वाद, नाचौ, गाऊ, रमाऊ, सधै रहोस् याद’ भन्ने मुल नारासहित नँया वर्ष सागितिक र मनोरञ्जनात्मक कार्यक्रम गरी मनाउने भएको हो ।

११ वटा शाखा मध्य पौवाका तीन वटा शाखा बुटवल, भैरहवा र घोराहीमा पुस १६ गते साँझ ६ बजेबाट मध्यराती नयाँ वर्ष प्रारम्भ हुँदा सम्म बिशेष सांगीतिक कार्यक्रम गरिने होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । ‘सागितिक कार्यक्रममा प्रवेश निःशुल्क छ’( उनले भने । कार्यक्रममा न्युनतम शुल्कमा खानाका परिकारका साथै कलाकारहरुको प्रस्तुती समेत रहेको उनले बताए ।

बुटवलमा प्रकाश दुतराज, मिलन नेवार, र खुमन अधिकारीको प्रस्तुति रहने छ । यसैगरी भैरहवामा नेपाल आईडल प्रविण वेडवाल र एन्जिला रेग्मी, कर्णराज गिरिको प्रस्तुति रहने छ भने घोराहीमा नेपाल आईडलका अमित बरालको ब्याण्डको प्रस्तुति रहने अध्यक्ष भण्डारीले जनाए ।

होटलमा सहुलियत मूल्यमा खानाहरु उपलब्ध हुने उनले बताए । न्यनतम ५० रुपैयाँबाटै खाना नास्ताको व्यवस्था गरिएको छ । उनले भने । स्थापनाको ६ वर्षको अवधिमा नै देशका ११ मुख्य शहरमा होटलको सेवा दिन सफल भएको उनले बताए ।

होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले मिशन हन्ड्रेडको लक्ष्यसहित अगाडि बढेको भएपनि कोभिड संक्रमणका कारण लक्ष्य प्राप्तीमा केही व्यवधान आएको बताए । शाखा विस्तारको क्रममा संघीय राजधानी काठमाडौं र मधेश प्रदेश जनकपुरमा शाखा विस्तारको सम्भाव्यता अध्ययन भैरहेको उनले बताए । लुम्बिनी प्रदेशका मुख्य पर्यटकिय स्थलहरुमा पौवाको पहुँच पुगिसकेको छ, अन्य प्रदेशहरुमा पनि अध्ययन गरिरहेका छौं । उनले भने ।

होटलका ब्राण्ड प्रमुख विष्णु भण्डारीले होटल व्यवस्थापनमा नयाँ सोचका साथ सेवा दिन सफल भएको बताए । उनले टिपिकल नेपालीपनको सेवा दिने गरी नया ढंगबाट सेवा दिन सफल भएको दावी गरे । प्राय होटलहरुले विदेशी हस्पिटालिटीको ब्राण्डमा सेवा दिने गरेपनि पौवाले नेपाली टिपिकल हस्पिटालिटीको विकास गरेर पहितान दिने प्रयास गरेको उनले बताए । पछिल्लो समय पौवाको मरौठी चिकन र मरौठी पनिर विशेष परिकारका रुपमा ग्राहकले मन पराईदिएको पनि भण्डारीले बताए । सेवासँगै नेपाली संस्कृति जगेर्नालाई प्राथमिकता दिएको उनले बताए ।

शिवरात्री, माघि, जन्माष्टमी, तिज, असार १५ मा दहि चिउरा खुवाउने, भजन क्रितन गर्ने जस्ता धर्मसंस्कृति जगेर्ना र प्रचारप्रसारमा लागेको उनले बताए
। हाल बुटवल शाखामा ३५ क्षमता बेड, आकर्षक एक हजार क्षमताको बैङकट हल, भैरहवा र पोखरामा १ हजार ५ सय क्षमताको बैकट तथा हरेक होटलहरुमा बैठक र गोष्ठी गर्न मिल्ने हलहरुको सुविधा रहेको उनले जानकारी दिए ।

बुटवल, भैरहवा, पाल्पा, रेसुङा, पोखरा, गोरुसिङे, भालुवाङ, लमही, घोराही, धनगढी, जुम्लामा शाखा रहेको छ । पौवाका ११ शाखामा दैनिक ७ सय ५० जनालाई बसाईको सेवा दिनसक्ने क्षमता रहेको छ । देशभरका ११ वटा शाखामा ४ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले चिन्ता व्यक्त गरेको छ। ‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन  र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’ विद्यार्थी संगठनमाथि प्रतिबन्ध […]

काठमाडौं । महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।

कपिलवस्तु । राज्यको ढुकुटी रित्याएर व्यापारी पोस्ने खेलमा कपिलवस्तुको मर्यादपुर भन्सार र केही भ्रष्ट कर्मचारीहरूको लज्जास्पद मिलोमतो पर्दाफास भएको छ। भन्सार बिन्दुबाटै राजस्व छली गरी ल्याइएको भारतीय ट्रकलाई प्रहरीले प्रमाणसहित पक्राउ गर्दा समेत भन्सार कार्यालयले उल्टै प्रहरीको दाबीलाई चुनौती दिँदै रातको अन्धकारमा गाडी छाडेपछि कर्मचारी, एजेन्ट र व्यापारीबीचको ‘अपवित्र गठबन्धन’ छताछुल्ल भएको हो। प्रहरीको प्रमाण, […]

error: Content is protected !!