०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सशस्त्र प्रहरीले नयाँ चुस्ता र ज्याकेट पाउने

Logo
प्रकाशित शुक्रबार, पुष १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरूलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको हो।

यसअघि प्रत्येक तीन-तीन वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए। यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत कर्मचारी प्रत्यक्ष लाभान्वित हुने प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूले पाउँदै आएको पोशाक तथा अन्य सामानहरूको सम्बन्धमा समेत संशोधन भएको हो। संशोधित नियमावलीमा सशस्त्र प्रहरी कर्मचारीहरूले १ वर्ष अवधिमा पाउने पिटी गन्जी, पिटी कट्टु र पिटी जुत्तामा ट्रयाकसुट र स्पोर्ट्स जुत्ता थप गरिएको छ।

प्रत्येक वर्ष वितरण गर्ने भनिए पनि ऊनी कम्बल विगत केही वर्षदेखि खरिद नभएर वितरण रोकिएर रहेकामा यसै वर्षदेखि खरिद प्रक्रिया सुरू भएको डिएसपी थापाले बताए। अब कम्बल समेत नियमित रूपमा वितरण हुने उनले बताए।

सिनियर अधिकृतहरूले पाउँदै आएको टपबुट जुनियर अधिकृतहरूलाई समेत उपलब्ध गराउने गरी संशोधन गरिएको छ। राजपत्रांकित अधिकृतहरूका लागि मात्र गर्मी र जाडो मौसममा उपलब्ध गराइएन सेरिमोनियल ड्रेस अब सेरिमोनियल कार्यक्रमहरूमा भाग लिने अन्य सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।

सबै स्वास्थ्य प्राविधिक सशस्त्र प्रहरी कर्मचारीहरूलाई दुई वर्षमा सेतो टेरिकटन एप्रोन उपलब्ध गराउँदै आएकोमा अब प्रत्येक वर्ष उनीहरूलाई सेतो टेरिकटन स्क्रब समेत थप गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!