२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

व्यावसायिक र कर्तव्यनिष्ठ भएर काम गर्न आईजिपी धिरज प्रताप सिंहको निर्देशन

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले व्यावसायिक र कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति सु–व्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक’ मा उनले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् ।

उनले सार्वजनिक सुरक्षा अमनचैन कायम गर्न र सङ्गठनको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको सङ्गठनमा सधैँ खाँचो रहने बताए ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने बताए ।

उनले निर्वाचन सफलरूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीको योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसालगायतका अपराध निस्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्ने बताए ।

प्रहरीले औचित्य पुष्टि हुने गरी कर्तव्य पालनाका क्रममा निष्ठापूर्वक गरेका काम–कारबाहीप्रति सङ्गठनको सदैव साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

बैठकको सुरुआतमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आआफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]