२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

निजगढको दसगजा क्षेत्रमा वन्यजन्तुको आतंक गाउँलेहरु त्रासित निकुञ्ज बेखबर

Logo
प्रकाशित मंगलबार, पुष १९, २०७९


(ABC-Sanchar)
बारा । निजगढको जंगल नजिकका गाउँमा बाघ पसेर पशुचौपाया खाने, जंगली हात्ती, बँदेल, नीलगाईले बालीनालीमा क्षति पुर्‍याएपछि स्थानीय‍ आतंकित बनेका छन् । पर्सा राष्ट्रिय निकुञ्जसित जोडिएको निजगढ नगरपालिकाको वडा १ र २ सिंगौल गाउँ, वडा नं ११, १२ तथा १३ को रतनपुरी, लाल, कुलिया, डम्बरपुरलगायतका बस्तीमा ५ महिनादेखि बाघसहितका वन्यजन्तुले चौपायाहरु खाइदिँदा स्थानीयमा त्रास फैलिएको हो ।

दुई महिनाअघि निजगढ–काठमाडौं द्रूतमार्ग निर्माणमा खटिएका नेपाली सेनाको ब्यारेकमा समेत बाघ पसेको थियो । निकुञ्जसित जोडिएको उक्त क्षेत्रमा जनज्योति, तपोभूमि र पशुपति सामुदायिक वन छन् । तीनै सामुदायिक वनमा बस्ने जंगली जनावरहरुले आसपासका गाउँ पसेर आतंक मच्चाएको वडा १३ का वडाध्यक्ष सूर्यबहादुर घलानले बताए ।
‘निकुञ्जले बफर प्रतिरोधक छेकबार पनि लगाएको छैन‍ । त्यही भएर बाघ मात्र होइन, हात्ती र अन्य वन्यजन्तुले बालीनाली, केरा खेती नष्ट गर्नेदेखि बाघले यस अवधिमा कम्तीमा २० वटा बाख्रा र एउटा पाडोलाई खाइदिएको हो,’ उनले भने ।

हात्तीले पहिला-पहिला कोल्हवी र रौतहटको जंगल आसपास आतंक मच्चाए पनि अहिले यी क्षेत्रमा सताउने गरेको वडाध्यक्ष घलानले बताए । उनले भने, ‘मानिसलाई समेत कुन बेला के हुन्छ भनेर डर फैलिएको छ,’ त्यसैले वन्यजन्तुलाई रोकथाम गर्न नगरपालिकाका प्रमुख, अन्य जनप्रतिनिधिसहित निकुञ्जका अधिकारीहरुसित स्थानीयहरुबीच निजगढ नगरपालिकामा सोमबार छलफल गरिएको छ ।’ उनले क्षतिपूर्तिका लागि निकुञ्जले पहल गर्नुपर्ने माग गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले वन्यजन्तुलाई निकुञ्ज क्षेत्रभित्रै राख्न सकिने अवस्था नभए पनि सरकारीस्तरबाट सुरक्षाका उपायबारे योजना बनाउन जरुरी भएको बताए । उनका अनुसार छिमेकी जिल्ला रौतहटमा बाघले मान्छे मारेको र बाराको अमलेखगन्ज तथा कोल्हवी क्षेत्रमा कैयौंपटक मान्छेहरुमाथि आक्रमण भइसकेको छ ।

यस्तै चुरे दोहन तथा वन विनाशले त्यस क्षेत्रमा पानीको स्रोत सुक्दै गएपछि वन्यजन्तुहरु आहार र बासको लागि दसगजा (जंगलको दक्षिणी भाग) तिर गएर मानवसँगै बालीनाली नष्ट गर्न थालेको स्थानीय बताउँछन् । जंगली हात्ती, बँदेल र नीलगाईले हुलसहित पसेर क्षति पुर्‍याउन थालेको उनीहरूको भनाइ छ। ‍‘बिघाको बिघा बाली नष्ट गर्दा वन र निकुञ्जले वास्ता गरेको छैन,’ सिम्रौनगढ नगरपालिका-८ कचोर्वाका कमलेश यादवले भने ।

चुरे र जंगलमा पानीको स्रोत कम भइरहेकोले वन्यजन्तुहरु दसगजा‍तर्फ गइरहेको पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!