३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

फागुन २१ गते निर्वाचनमा खटिएका म्यादी प्रहरीको बिदाइ बिहीबार हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, फाल्गुण २५, २०८२

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ।

निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको थियो।’

मतदानका दिनदेखि मतगणनाको चरणसम्म सुरक्षा व्यवस्थाको राम्रो प्रबन्ध मिलाइएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुगेको उनले बताए। निर्वाचनमा खटिएका प्रहरीले जिम्मेवारीका साथ आफ्नो कार्यसम्पादन गरेका महानिरीक्षक कार्कीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

बुटवल । रानी महल भनेको प्रेमको लागि ढुङ्गामा लेखिएको पत्र हो। तानसेनबाट १२ किमि, कालीगण्डकी किनारको ठाडो भीरमा ठडिएको छ। *इतिहास यस्तो छ:* *1. किन बन्यो? 1880 तिरको कथा* जनरल खड्ग शम्शेर राणाका कान्छा भाइ *प्रताप शम्शेर राणाले आफ्नी प्यारी श्रीमती *तेज कुमारी देवी*को सम्झनामा बनाएका हुन्। तेज कुमारीको 24 वर्षकै उमेरमा मृत्यु भएपछि प्रताप […]

error: Content is protected !!