१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

पेस्तोल ताक्ने इन्सपेक्टरमाथि कारबाही सुरु

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीयमाथि पेस्तोल ताकेर तर्साउने प्रहरी निरीक्षक (इन्स्पेकटर) माथि छानबिन शुरु भएको छ ।इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन शुरू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए । गैरव्यवसायिक हर्कत गरेपछि उनीमाथि कारबाही प्रक्रिया सुरु भएको काठमाडौं परिसरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, २०५० साल फागुन मा तत्कालीन स्याङ्जा जिल्लाको रत्नपुर गा।वि।स।–२, धुर्कोट (हाल चापाकोट नगरपालिका–२) मा आयोजित विवाह समारोहका क्रममा स्थानीय ६० वर्षीय हस्ते विकमाथि कुटपिट भएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। सो घटनामा संलग्न रहेका ४६ वर्षीय बाजिन्द्र बहादुर सोतीमगरलाई सर्वोच्च […]

error: Content is protected !!