०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

पेस्तोल ताक्ने इन्सपेक्टरमाथि कारबाही सुरु

Logo
प्रकाशित आइतबार, पुष २४, २०७९

काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीयमाथि पेस्तोल ताकेर तर्साउने प्रहरी निरीक्षक (इन्स्पेकटर) माथि छानबिन शुरु भएको छ ।इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन शुरू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए । गैरव्यवसायिक हर्कत गरेपछि उनीमाथि कारबाही प्रक्रिया सुरु भएको काठमाडौं परिसरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले चिन्ता व्यक्त गरेको छ। ‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन  र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’ विद्यार्थी संगठनमाथि प्रतिबन्ध […]

काठमाडौं । महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।

कपिलवस्तु । राज्यको ढुकुटी रित्याएर व्यापारी पोस्ने खेलमा कपिलवस्तुको मर्यादपुर भन्सार र केही भ्रष्ट कर्मचारीहरूको लज्जास्पद मिलोमतो पर्दाफास भएको छ। भन्सार बिन्दुबाटै राजस्व छली गरी ल्याइएको भारतीय ट्रकलाई प्रहरीले प्रमाणसहित पक्राउ गर्दा समेत भन्सार कार्यालयले उल्टै प्रहरीको दाबीलाई चुनौती दिँदै रातको अन्धकारमा गाडी छाडेपछि कर्मचारी, एजेन्ट र व्यापारीबीचको ‘अपवित्र गठबन्धन’ छताछुल्ल भएको हो। प्रहरीको प्रमाण, […]

error: Content is protected !!