११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

संगै पढ्ने साथिको अपहरण

Logo
प्रकाशित सोमबार, पुष २५, २०७९

पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेकाहरू नाबालक भएकाले उनीहरूको पहिचान खुलाइएको छैन ।आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

परिवारले आफ्ना छोरा हराएको भन्ने खबर दिएपछि प्रहरीको टोली खटिएको थियो । उक्त टोलीले अपहरणमा परेका बालकको उद्धार गरेको हो ।

पीडित र पक्राउ परेका आरोपितहरू कक्षा १० मा पढ्ने विद्यार्थी हुन् । डिएसपी गिरीका अनुसार अपहरणमा परेका बालक सधैँ कक्षामा प्रथम हुने गर्थे । उनीमाथि रिस, द्वेश र आरिसका कारण अपहरण गरेको पाइएको हो ।

अपहरण गर्ने बालकहरूलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सभापति रवि लामिछानेलाई थुनेर सरकारले ठूलो गल्ती गर्‍यो उपसभापति डा. स्वर्णिम वाग्ले काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सत्ता गठबन्धन सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनेर ठूलो गल्ती गरेको बताएका छन्। शनिबार रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै डा. वाग्लेले यस्तो बताएका हुन । उनले त्यसको नतिजा […]

सर्लाही । सिरहाको सीमा क्षेत्र नवराजपुर गाउँपालिका–४ मा प्रहरीले गोली चलाएर एक भारतीय लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । भारतको मधुवनी जिल्ला, ग्रामपंचायत विरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान पक्राउ परेका हुन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानका अनुसार, […]

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

error: Content is protected !!