१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

मलेसियामा अलपत्र परेका २८ जना नेपाली कामदारहरुको उद्धार

Logo
प्रकाशित मंगलबार, पुष २६, २०७९


(ABC-Sanchar) काठमाडौँ । मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार गरिएको छ । क्वालालाम्पुरस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको व्यवस्थापन गरिएको जानकारी दिएको छ ।

दूतावासका अनुसार मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ त्जे इन्टरप्राइज एसडीएन बीएचडीमा काम गर्न गत ८ सेप्टेम्बरमा गएका २८ जना नेपाली नागरिकलाई काम गर्ने सिलिसिलामा कम्पनीका तर्फबाट भनाभन र कुटपिट भएको थियो ।

कम्पनीबाट निकालेर अन्यत्र राखिएका २८ जनामध्ये ९ जनालाई सोही काममा फकाईएको छ । सात जनालाई ११ जनवरीमा नेपाल फर्कने व्यवस्था गरिएको छ भने बाँकी १२ जनाको हकमा पनि नेपाल फर्कने वा रोजगारीमा फर्कने उनीहरूकै छनोट अनुसारको व्यवस्था गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!