१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

एक डिएसपी र दुई इन्सपेक्टरलाई कैद सजाय

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

काठमाडौं । भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका एक डिएसपी र दुई इन्सपेक्टरलाई कैद सजाय भएको छ । लाइसेन्स वितरणमा अनियमितता गरेको मुद्दामा बिशेष अदालतले दोषी ठहर गरेको छ ।  तत्कालिन डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रलाई कैद सजाय भएको छ । उनीहरु उपत्यका ट्राफिकमा रहँदा
सवारी चालक अनुमतिपत्रको परीक्षाको परिणाम फेरबदल गरेको अभियोग थियो । दुवैलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । त्यस्तै एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालयका प्रमुख आनन्दकेशरी पोखरेललाई ८ महिना कैद र ९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । उनले लाइसेन्सको ट्रायलमा फेल भएका तथा अनुपस्थित रहेकाहरुलाई पास गराएको, फेल भएको तीन महिना नपुग्दै पुनः ट्रायलमा समावेश गराएको तथा नयाँ लाइसेन्स बाँड्दा सरकारी राजस्व रकम समेत लिएका थिएनन् ।

शाखा अधिकृत राममणि पोखरेलका साथै शाखा अधिकृतहरु शम्भुप्रसाद थपलिाय र ईश्वरराज रेग्मीलाई ४÷४ महिना कैद र जनही ६ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । राजस्व चुहावट गरी राज्यलाई नोक्सान पु¥याएको तथा भ्रष्टााचार गरेको भन्दै विशेषमा ८ मंसिर २०७६ मा मुद्दा दायर भएको थियो ।

त्यस्तै लाइसेन्समै अनियमितता मुद्दामा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठलाई ५ महिना कैद र ६ हजार रुपैयाँ जरिवानाको सजाय भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ पुस २०७६ मा उनीविरुद्ध दर्ता गराएको थियो । यातायात व्यवस्था कार्यालय बुटवलमा परीक्षाको परिणाममा फेरबदल गरी उपसचिव पोखरेल र इन्सपेक्टर श्रेष्ठले मिलेमतोमा ७१ जनालाई उत्तीर्ण गराएको र लाइसेन्स दिएको आरोप उनीहरुमाथि थियो ।
दोषी ठहर भएका डिएसपी र इन्सपेक्टरहरु यसअघि नै निलम्बनमा परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!