११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

सर्लाहीमा मेयरको घरमा चल्यो डोजर

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकामा डोजर चलेको छ। लामो समयदेखि अलपत्र रहेको सडक विस्तारको काम सुरुवात हुँदा डोजर चलेको हो।

मलंगवा नगर क्षेत्रमा सडक विस्तारलाई चुनौती मानिएको अवस्थामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले सडक विस्तारको कामलाई सहज बनाउन सबैभन्दा पहिले आफ्नै घरमाथि डोजर चलाउन लगाएका हुन्।

राम्रो कामको सुरुआत आफैँबाट गर्नुपर्छ भन्दै नगर प्रमुख यादवले आफ्नो घरमा डोजर लगाएर सडक विस्तारको काम सुरुआत गर्दा अन्यत्र काम गर्न त्यत्ति अप्ठ्यारो नहुने बताएका छन्। नगरवासीको चाहना आवश्यकतानुसार सडक विस्तार रहेको र सोहीअनुसार आफूले आफ्नै घर भत्काउन लगाएर सडक विस्तारको काम सुरुआत गरेको नगर प्रमुख यादवको भनाइ छ।

सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार तथा निर्माणको काम ठप्प रहेको थियो। मलंगवास्थित जिल्ला समन्वय समिति (साबिक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान गरिसकिएको भए पनि त्यहाँदेखि अगाडि विवादका कारण रोकिएको थियो।

मलंगवाको कृष्णामति माध्यमिक विद्यालयदेखि नेपाल बैङ्क, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको नगर प्रमुख यादवले बताएका छन्।

नगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घर भत्किँदा बाटोमा हिँड्नेलाई चोटपटक लाग्न सक्ने तथा अन्य दुर्घटना हुने सम्भावना रहेकाले बटुवा र स्थानीयलाई सतर्क गराउन प्रहरी परिचालन गरिएको हो।

नगर प्रमुखले नै पहिले आफ्नो घर भत्काउन सुरु गरेपछि अन्य क्षेत्रमा खासै समस्या नहुने र समस्या भएमा तत्काल समाधान गरिने नगर प्रमुख यादवको भनाइ छ। नगर प्रमुख यादवले स्थानीयवासीले सडक विस्तारमा सहयोग गरेको बताएका छन्।

सडक विस्तार भएपछि ठेक्का प्रक्रियाद्वारा सडकको पुनर्निर्माण गरिने नगर प्रमुख यादवले जानकारी गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!