०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

सर्लाहीमा मेयरको घरमा चल्यो डोजर

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकामा डोजर चलेको छ। लामो समयदेखि अलपत्र रहेको सडक विस्तारको काम सुरुवात हुँदा डोजर चलेको हो।

मलंगवा नगर क्षेत्रमा सडक विस्तारलाई चुनौती मानिएको अवस्थामा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले सडक विस्तारको कामलाई सहज बनाउन सबैभन्दा पहिले आफ्नै घरमाथि डोजर चलाउन लगाएका हुन्।

राम्रो कामको सुरुआत आफैँबाट गर्नुपर्छ भन्दै नगर प्रमुख यादवले आफ्नो घरमा डोजर लगाएर सडक विस्तारको काम सुरुआत गर्दा अन्यत्र काम गर्न त्यत्ति अप्ठ्यारो नहुने बताएका छन्। नगरवासीको चाहना आवश्यकतानुसार सडक विस्तार रहेको र सोहीअनुसार आफूले आफ्नै घर भत्काउन लगाएर सडक विस्तारको काम सुरुआत गरेको नगर प्रमुख यादवको भनाइ छ।

सडकको १५ मिटरभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन आनाकानी गर्दा लामो समयदेखि सडक विस्तार तथा निर्माणको काम ठप्प रहेको थियो। मलंगवास्थित जिल्ला समन्वय समिति (साबिक जिविस) चोकदेखि बसपार्कसम्मको सडक यसअघि नै १५ मिटर कायम गरी ढलान गरिसकिएको भए पनि त्यहाँदेखि अगाडि विवादका कारण रोकिएको थियो।

मलंगवाको कृष्णामति माध्यमिक विद्यालयदेखि नेपाल बैङ्क, पुरानो भन्सार कार्यालय हुँदै राजश्री सिनेमा हलसम्मको सडकमा पर्ने घर तथा अन्य संरचना भत्काउन दुईवटा डोजर प्रयोग गरिएको नगर प्रमुख यादवले बताएका छन्।

नगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घर भत्किँदा बाटोमा हिँड्नेलाई चोटपटक लाग्न सक्ने तथा अन्य दुर्घटना हुने सम्भावना रहेकाले बटुवा र स्थानीयलाई सतर्क गराउन प्रहरी परिचालन गरिएको हो।

नगर प्रमुखले नै पहिले आफ्नो घर भत्काउन सुरु गरेपछि अन्य क्षेत्रमा खासै समस्या नहुने र समस्या भएमा तत्काल समाधान गरिने नगर प्रमुख यादवको भनाइ छ। नगर प्रमुख यादवले स्थानीयवासीले सडक विस्तारमा सहयोग गरेको बताएका छन्।

सडक विस्तार भएपछि ठेक्का प्रक्रियाद्वारा सडकको पुनर्निर्माण गरिने नगर प्रमुख यादवले जानकारी गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]