०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

७ लाख नगदसहित एक जना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

विराटनगरमा स्रोत नखुलेको ७ लाख ९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–१८ का ३६ वर्षीय रविप्रकाश साह छन्। उनी बुुधबार दिउँसो विराटनगर–७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट पक्राउ परेका हुन्।

पक्राउ परेका उनको साथबाट सो नगदसहित वभिन्न बैंकको एटीएम कार्ड १४ थान, चेक ९ थान पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ। उनले प्रयोग गरेको को.२४ प ७९८४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]

सिरहा । विभिन्न व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक, आधारहीन तथा भ्रामक सामग्री सम्प्रेषण गरी चरित्रहत्या र सामाजिक शान्ति भंग गर्न खोजेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीका अनुसार महतोविरुद्ध विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता तथा […]

दाङ । घोराहीबाट लमही जाने सडकखण्ड अन्तर्गत बेल्दमारको पहिलो घुम्तीनेर रातिको समयमा पाटे बाघ देखिएको छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा पाटे बाघले झम्टिनबाट मुस्किलले ज्यान जोगिएको प्रत्यक्षदर्शीले बताएका छन्। साँझपख उक्त सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन दाङ प्रहरीले सबैमा अनुरोध गरेको छ।