१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

नेपाल प्रहरीको एआइजी बढुवा तत्काल नहुने गृह मन्त्रालयल

Logo
प्रकाशित बिहिबार, पुष २८, २०७९

ABC (क्राईमबिट) काठमाडौं । डिआइजीहरु बढुवाको दौडधुपमा रहेका बेला गृह मन्त्रालयले उनीहरुको सरुवा गरेको छ । एआइजी बढुवाका प्रमुख दाबेदारहरुलाई गृहले प्रदेश इन्चार्जमा खटाएको छ ।

गृहले बिहीबार १७ डिआइजीको काज सरुवा गरेको छ । सरुवामा सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । जसअनुसार डिआजीमा पहिलो नम्बरमा रहेका बसन्त कुँवरलाई मधेस प्रदेश, दोस्रो नम्बरका टेकप्रसाद राईलाई लुम्बिनी, तेस्रो नम्बरका अशोक सिंहलाई सुदुरपश्चिम चौथो नम्बरका दीपक थापालाई बागमती र पाँचौ नम्बरका श्यामलाल ज्ञवालीलाई १ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।

त्यस्तै, गण्डकीमा बुद्धिराज गुरुङ र कर्णालीमा भिम प्रसाद ढकालको सरुवा भएको छ ।
त्यस्तै बिशेष ब्यूरोमा सुदीप गिरी, भरतपुर तालिम केन्द्रमा दुर्गा सिंह, र एयरपोर्टमा किरण राणलाई पठाइएको छ ।

हाल प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त छन् । रिक्त दरबन्दीमा तत्काल बढुवा हुने सम्भावना नभएकाले उनीहरुलाई प्रदेशमा खटाएर कार्यसम्पादन मूल्याङकन गर्न लागिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!