१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

सुस्ता स्थित विद्यालयमा न्यानो कपडा वितरण

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९

 

नवलपरासी, २९ पुस । पश्चिम नवलपरासीको सुस्ता स्थित श्री जनता दलित आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई आज न्यानो कपडा वितरण गरिएको छ । चौधरी फाउण्डेसनको सहयोगमा बिद्यालयमा कक्षा १ मा अध्यनरत ९१ जना छात्र छात्रालाई ट्रयाकसुट तथा टोपी उपलब्ध गराईएको हो ।
उक्त न्यानो कपडा वितरण गर्दै प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ताको चौतर्फी विकासका लागी आगामी दिनमा समेत आफु जनप्रतिनिधी हैसीयतले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा समाजसेवी एवंम् चौधरी फाउण्डेसनकी सचिव सारीका चौधरीले फाउण्डेसन आवश्यकता अनुसार विभिन्न सामाजीक कार्यमा संलग्न रहदै आएकोले आगामी दिनमा समेत समाजका लागि विभिन्न गतिविधी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा बिद्यालयका प्रधानअध्यापक उदय रुचाल , नेपाल महिला संघ नवलपरासीकी सभापति कमला पराजुली ,सोही वडाका वडा सदस्य आदम हुसेन खां लगायतकाले आ आफ्नो विचार राख्नुभएको थियो । २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४०१ जना बिद्यार्थी अध्ययरत छन् । तस्विर संलग्न छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

चीन घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ । उक्त समस्याको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ। चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई प्रति बच्चा  ५०० रुपैयाँ वार्षिक अनुदान दिने भएको छ। यो अनुदान तीन बच्चाहरूको लागि १५०० सय डलरसम्म दिनेछ। चीनमा जन्मदर बढाउन सरकारले यो नीति घोषणा […]

error: Content is protected !!