०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

१ नम्बर प्रदेश प्रमुखको जिम्मेवारी पाउनु भएका डिआईजी ज्ञवाली अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई भए

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९


(सागर थापा )
काठमाडौं । नेपाल सरकार माननीय उप-प्रधानमन्त्री तथा गृहमन्त्रीस्तर गृह मन्त्रालय मिति २०७९/०९/२९ गतेको निर्णय अनुसार साविक साईबर व्यूरो भोटाहिटी, काठमाण्डौंबाट १ नं. प्रदेश प्रहरी कार्यालय, बिराटनगर मोरङ सरुवा हुनु भएका यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी नायव महानिरीक्षक डिआईजी श्यामलाल ज्ञवालीलाई एक कार्यक्रम समारोहको बीच बिदाई गरिएको छ ।
बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक डिआईजी ज्ञवालीले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ एवं प्रभावकारी रुपमा प्रहरी परिचालन गरी संगठनको हकहितका लागि केन्द्रित भई काम गर्नुका साथै व्यवसायिक तथा सक्षमताका साथ कार्य सम्पादन गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
धन्यवाद मन्तव्य व्यक्त गर्दै यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जि.सी.ले यस कार्यालयको तर्फबाट “मायाको चिनो” प्रदान गर्नुका साथै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!