०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

७ सय बढी राहदानीसहित तीन जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

काठमाडौंको गोंगबुबाट ७ सय बढी राहदानीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ साढे ६ बजे प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबु वीरेन्द्र एश्वर्यमार्गमा रहेको होटलबाट राहदानीसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका-३ घर भई टोखा बस्ने ४८ वर्षीय लोकजंग खड्का, सिन्धुली कमलामाई घर भई मित्रनगर बस्ने ४४ वर्षीय शेरनारायण श्रेष्ठ र गुल्मी छत्रकोट गाउँपालिका-९ घर भई मित्रनगर बस्ने ३८ वर्षीय मिनबहादुर सोम्रे छन्।

होटल सोना र पल्लीकोटबाट ७३१ वटा राहदानीसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरूले ती होटलमा शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

ती राहदानी कसका हुन् र के प्रयोजनका लागि संकलन गरेको भन्नेबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]