१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात शरीरका सम्पूर्ण अगंदान गर्ने घोषणा

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपछि आफ्नो शरीरको सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको गरेको मृगौला प्रत्यारोपीको बृहत् भेला लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो घोषणा गरेका हुन् ।

‘म मेरो मृत्युपश्चात शरीरका सम्पूर्ण अंगदान गर्न चाहान्छु’, प्रधानमन्त्री प्रचण्डले भने । उनले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो प्रत्यारोपणलाई पनि थप आधुनिक र प्रभावकारी बनाइने बताए ।

उनले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन । यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ ग¥यो । केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ । यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ ।’

कार्यक्रममा भक्तपुर धर्मभक्त मानव अंग केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रधानमन्त्रीलाई ‘डोनर कार्ड’ हस्तान्तरण गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!