०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

सशस्त्र प्रहरीका ९७ जना एसपीको सरुवा बस्नेत कुरिनटावर बाँकेमा शाही आउदै

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

 ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)का ९७ जना एसपीको सरूवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले बिहीबार ९७ जना एसपीको सरूवा गरेको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए ।

गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । अहिले सोहीअनुसार एसपीको सरूवा भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल न ३० गण बाँके बागेश्वरी बाँकेका गणपति प्रमुख एसपी जनक बस्नेतको कुरिनीटावर सरुवा भएको छ । भने सशस्त्र प्रहरी बल नेपाल न ३० गण बाँके बागेश्वरी बाँकेमा गणपति प्रमुख एसपी रमेश बिक्रम शाहीको सरुवा भएको छ । सरूवामा एकपटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ । रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ ।

सरूवा पूर्वानुमान सूचीका मुख्य उम्मेदवार रहेका तर विभिन्न स्वदेश तथा विदेशमा तालिमरत र संगठनको आवश्यकताले महत्वपूर्ण जिम्मेवारीमा खटाएका एसपीहरूलाई भने आगामी सूचीमा समावेश गरी खटाउने तयारी छ । ती एसपीको हाल सरूवा नगरिएको एपिएफले जनाएको छ ।

नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका एसपी राजेश उप्रेतीको प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरूवा भएको छ ।

यस्तै, भरत खनियाको एपिएफ नम्बर १० गण सर्लाहीबाट मुक्तसनाथ बाहिनी मुख्यालय कास्कीमा सरूवा गरिएको छ भने नम्बर ११ गण हेडक्वार्टर रौतहटका ध्रुवबहादुर कार्कीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा सरूवा भएका छन् ।

यस्तै, २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका रमेशकुमार पाण्डे एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका तिर्थराज पौडेलको ६ नम्बर गण हेडक्वार्टर सप्तरी, एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंका रविनराज कर्णनितको युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरूवा भएको हो ।

युएन शान्ति स्थापना शिक्षालय ककनीका विर सिंह शाहूको नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बवबेहडा कैलालीमा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका जनक पुरीको एपिएफ हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा सरूवा भएको हो ।

यसैगरी नेत्रबहादुर कार्कीको नम्बर १४ गण हेडक्वार्टर मकवानपुरबाट एपिएफ कमान्ड तथा स्टाफ कलेज काठमाडौंमा सरूवा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!