०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीहरुको सरूवा

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरूवा गरेको छ।

गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना कर्मचारीहरुको काज सरूवा गरेको हो।

जसअनुसार  नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ। यसमा ५० भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेरसमेत भएका छन्।

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरबारका महानिर्देशक तिर्थराज भट्टराईलाई पठाइएको छ। यसअघि मोरङका प्रजिअ काशीराम दाहाललाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरूवा गर्दा भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा सरूवा गरिएको छ।

यस्तै चितवनका आशमान तामाङलाई गृह मन्त्रालयमा सरूवा गरेका सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

झापामा शिवराम पोखरेल, दाङमा सुशिल वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]